श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउने श्रीमान् प्रहरी नियन्त्रणमा

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २७, बुधबार ०९:५८
श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउने श्रीमान् प्रहरी नियन्त्रणमा

काठमाडौं ।  सुर्खेतको भेरीगंगा नगरपालिका–१३ रामघाटमा श्रीमानले आफ्नै श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाएका छन् । मंगलबार साँझ भएको घटनामा ५० वर्षीया महेश्वरी राना गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ४९ वर्षीय श्रीमान् जयबहादुर रानाले साँझ करिब ५ बजेतिर महेश्वरीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । घटनालगत्तै उनकी छोरी पुष्पा रानाले आगो निभाएर आमालाई तत्काल उपचारका लागि सुर्खेत पुर्‍याएकी थिइन् । आगोले महेश्वरीको अनुहार, घाँटी र शरीरका विभिन्न भाग गरी करिब ३५–३६ प्रतिशत भाग जलेको बताइएको छ ।

सुर्खेतमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल लगिएको थियो । त्यहाँ पनि उपचार प्रभावकारी हुन नसकेपछि गए राति नै उनलाई थप उपचारका लागि भारतको लखनउ ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न जयबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यद्यपि, उनी पनि घाइते भएकाले हाल प्रदेश अस्पताल कालागाउँमा प्रहरी निगरानीमा उपचाररत छन् । घरायसी विवादका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×