एसियाली खेलकुदको तयारीका लागि नेपाली पौडी टोली भारत जाँदै 

Share this
636shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३०, शनिबार ०८:२८
एसियाली खेलकुदको तयारीका लागि नेपाली पौडी टोली भारत जाँदै 

काठमाडौं । आसन्न २० औँ एसियाली खेलकुदको विशेष तयारीका लागि नेपाली पौडी टोली भारतको बैंगलरु जाने भएको छ । एक महिने प्रशिक्षणका लागि ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शनिबार (आज) भारत प्रस्थान गर्न लागेका हुन् ।

टोलीमा पुरुषतर्फ जाडेन श्रेष्ठ, अभिव प्रधान र इर्भिन श्रेष्ठ रहेका छन् भने महिलातर्फ डुवाना लामा र आर्या महर्जन रहेका छन् । टोलीको प्रशिक्षकमा रत्नलाल महर्जन र व्यवस्थापकमा शिरीष गुरुङ रहेका छन् ।

Advertisement

नेपाल पौडी संघद्वारा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले टोलीलाई शुभकामना दिँदै बिदाइ गरे ।
२० औँ एसियाली खेलकुद आगामी असोज ३ गतेदेखि सुरु हुँदैछ । सोही प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ नेपाली टोलीले भारतमा वैदेशिक प्रशिक्षण गर्न लागेको हो ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×