न्यायाधीश सवार गाडी दुर्घटना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २, मंगलबार १०:१५
न्यायाधीश सवार गाडी दुर्घटना

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान उच्च अदालत वीरगन्जका न्यायाधीश र रजिस्ट्रार सवार गाडी दुर्घटना भएको छ । काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको सरकारी गाडी बिहान ७ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी न्यायाधीश, रजिस्ट्रार र उनका परिवारका सदस्यसहित ६ जना घाइते भएका छन् ।

Advertisement

घाइते हुनेहरूमा: 
१. गोकर्ण डाँगी,  न्यायाधीश, उच्च अदालत वीरगन्ज
२. तारादत्त बडु,  रजिस्ट्रार, उच्च अदालत वीरगन्ज
३. लक्ष्मी बडु,  रजिस्ट्रारकी श्रीमती
४.  रितेन्द्र बडु,  रजिस्ट्रारका छोरा
५.  रिता बडु,  रजिस्ट्रारकी छाेरी
६.  छुनिलाल चौधरी, चालक

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाएको थियाे ।

दुर्घटनामा परी घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश डाँगी सहित ४ जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
हाल दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको छ भने सडकमा यातायात सुचारु रहेको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.