बालिकाको बलात्कारपछि हत्या आरोपमा २ जना पक्राउ 

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३, बुधबार १७:३१
 बालिकाको बलात्कारपछि हत्या आरोपमा २ जना पक्राउ 

काठमाडौं । बाराको जितपुरसिमरामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा २ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जितपुरसिमरा–१ दशधुरेकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकीसहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सोही पालिका–२ का सुमन थापा र बालिकाका छिमेकी प्रोग्रेस चौधरीलाई घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । वीरगञ्ज–पथलैया चल्ने ना १ ज ७७५८ नम्बरको म्याजिक भ्यानका चालक प्रोग्रेस चौधरी र थापा सहचालक हुन् ।

प्रहरीका अनुसार थापाले तालिम प्राप्त कुकुर र प्रहरीसँग मिलेर बालिका खोज्ने काम गरेका थिए । अनुसन्धानका क्रममा कुकुरले थापालाई संकेत गरेपछि उसलाई नियन्त्रणमा लिएर अनुसन्धान र सोधपुछका क्रममा बालिकाको बलात्कारपछि हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनामा आफ्नो मात्रै संलग्नता रहेको प्रहरी समक्ष सहचालक थापाले बताएको प्रहरीले जनाएको छ ।  मृतक बालिकाको घर नजिकै सुमनले काम गर्ने म्याजिक भ्यानका चालकको घर रहेकोले बालिका उक्त घरमा आउजाउ गर्थिन् । आइतबार बिहानबाट बालिका बेपता भएपछि परिवार र  प्रहरी खोजीमा जुटिरहेको थियो ।

बिहान प्रोग्रेस चौधरीको घरबाटै सुमनले बालिकालाई फकाएर घर नजिकैको एउटा खाली घरमा लगेका थिए । त्यहाँ बलात्कारपछि बालिका बेहोस भएको र बेहोस भएपछि डोरीले झुन्ड्याएर हत्या गरेको खुलेको छ । सुमन पुनः घटनास्थल दिउँसो गएर शवलाई कपडामा बेरेर छाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×