
विराटनगर । ब्रेकिङ नेपाल न्युजको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर सञ्चार गृह फुटसल प्रतियोगिताको उपाधि द शब्द एक्स्प्रेसले जितेको छ।
विराटनगरस्थित जेएनएल फुटसलमा आइतबार भएको फाइनल खेलमा द शब्द एक्स्प्रेसले मकालु टेलिभिजनलाई पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगितामा विराटनगरका १४ वटा सञ्चार गृहका टोली सहभागी थिए ।
आयोजकका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोलीलाई भदौ ११ गते विशेष कार्यक्रम आयोजना गरी पुरस्कार तथा सम्मान प्रदान गरिनेछ। प्रतियोगिताले सञ्चार गृहबीचको आपसी सम्बन्ध, सहकार्य र खेलकुद भावनालाई थप मजबुत बनाएको आयोजकको भनाइ छ ।

























