नेपालले पिकलबलको विश्वकप खेल्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ९, मंगलबार १९:३१
नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं । नेपालले पिकलबल विश्वकपको तेस्रो संस्करण खेल्ने भएको छ । पहिलो पटक विश्वकपमा सहभागी हुन लागेको नेपाली टोली बिहीबार भियतनामको दानाङ प्रस्थान गर्ने भएको छ ।

अगस्ट ३० देखि सेप्टेम्बर ६ तारिखसम्म हुने प्रतियोगिताको सिनियर क्याटेगोरीमा हर्ष सागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधानले प्रतिस्पर्धा गर्ने छन् ।

Advertisement

त्यस्तै, ओपन क्याटेगोरीमा ज्याक्सन सुवेदी, सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा. दीक्षा राणा, सञ्जील कन्साकार र किरण खनालले भाग लिने छन् ।

व्यवस्थापक तथा प्रशिक्षकमा सौरभ भण्डारी छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×