संखुवासभा गोल्डकप फुटबल कात्तिकमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ९, मंगलबार १९:४०
संखुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा संखुवासभा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । एडभान्स क्लबको आयोजनामा उक्त प्रतियोगिता आगामी कात्तिक १४ देखि २० गतेसम्म हुनेछ ।

सदरमुकाम खाँदबारीमा आयोजक एडभान्स क्लब मानेभञ्याङले आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।  ‘सामाजिक सद्भावका लागि युवा एकता, विकृति, विसङ्गतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता’ नाराका साथ सुरु हुने सो प्रतियोगिताका खेल मानेभञ्ज्याङस्थित महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा खेलाइने छ ।

Advertisement

क्लबले सञ्चालन गर्दै आएको जिल्ला स्तरीय अरुण कपलाई २०६४ सालदेखि परिमार्जन गर्दै अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिताका रूपमा निरन्तरता दिँदै आएको थियो । उक्त प्रतियोगितालाई यस वर्ष थप व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउँदै संखुवासभा गोल्ड कप नामकरण गरिएको क्लबका अध्यक्ष प्रकाश घिमिरेले बताए ।

प्रतियोगितामा संखुवासभाका चार  ‘ए’ डिभिजन क्लब, राष्ट्रिय  ‘ए’ डिभिजन क्लब तथा कोशी प्रदेशका विभिन्न जिल्लाका  ‘ए’ डिभिजन क्लब गरी आठ टोलीको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष घिमिरेले बताए ।

यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट गोलरक्षक, मिडफिल्ड, डिफेन्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही सात हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×