चीनतर्फ फसेका ११४ नेपाली तातोपानी नाका हुँदै नेपाल फर्किए

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार १९:४४
चीनतर्फ फसेका ११४ नेपाली तातोपानी नाका हुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक आज (बिहीबार) तातोपानी नाका हुँदै नेपाल फर्किएका छन् । तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार केरुङमा सुरक्षित रहेका नेपालीलाई चिनियाँ पक्षले राहदानी नम्बरलगायत विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेका अनुसार रसुवागढी नाका र पासाङल्हामु राजमार्ग बाढीका कारण क्षतिग्रस्त भएपछि अस्थायी पास लिएर केरुङ पुगेका नेपाली त्यहाँ अलपत्र परेका थिए। चीनले उनीहरूलाई तातोपानी नाकासम्म ल्याउन सहजीकरण गरेको हो । नेपाल फर्किनेमा अधिकांश सिन्धुपाल्चोक, नुवाकोट र रसुवाका नागरिक छन् । ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार अस्थायी पास लिएर केरुङ पुगेकाहरूलाई नेपाल फर्काइएको हो ।

Advertisement

रसुवागढी नाकाबाट केरुङसम्म सामान लिन, लोड–अनलोड गर्न तथा होटल–रेस्टुराँमा काम गर्न जाने नेपालीले भिसा लिनुनपर्ने व्यवस्था छ । अस्थायी अनुमति लिएर जाने नेपाली तिब्बततर्फ ३० किलोमिटरभित्रसम्म जान पाउँछन् ।

महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाका अनुसार केरुङमा करिब १ हजार ६०० नेपाली रहेको अनुमान छ । तीमध्ये नेपाल फर्किन ८०० जनाले नाम टिपाएका छन्। अधिकांश सामान लिन, किनमेल तथा लोड–अनलोडको कामका लागि केरुङ पुगेका नेपाली रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
चीनतर्फ फसेका ११४ नेपाली तातोपानी नाका हुँदै नेपाल फर्किए
चीनतर्फ फसेका ११४ नेपाली तातोपानी नाका हुँदै नेपाल फर्किए
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
जोगमाई खोलाको बेलीब्रिज बोकेको ट्रक दुर्घटना, सहचालकको मृत्यु
जोगमाई खोलाको बेलीब्रिज बोकेको ट्रक दुर्घटना, सहचालकको मृत्यु
भोटेकोशी बाढीपीडित व्यवसायीलाई कर, कर्जा र बीमामा विशेष सहुलियत
प्रतिनिधिसभाको बैठक भदौ २४ गतेसम्म स्थगित
प्रतिनिधिसभाको बैठक भदौ २४ गतेसम्म स्थगित
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
बाढी क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई जोखिम भत्ता
दलित समुदायको अधिकारबारे विराटनगरमा छलफल, प्राथमिकता दिन आग्रह
दलित समुदायको अधिकारबारे विराटनगरमा छलफल, प्राथमिकता दिन आग्रह
बाढीमा बेपत्ता पत्रकारको खोजी र क्षतिपूर्तिका लागि सरकारसँग महासंघको आग्रह
भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते सार्वजनिक बिदा
बाढीपीडितका लागि विराट ग्रुपद्वारा ७२ लाख
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×