
काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहले सुरुङभित्र अझै ३ देखि ४ जना मानिस सुरक्षित रहेको बताएका छन् ।
आज (शुक्रबार) बिहान उद्धारपछि प्रतिक्रिया दिँदै नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारीसमेत रहेका साहले सुरुङभित्र अन्य मानिसहरू पनि सकुशल रहेको जानकारी दिएका हुन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार सुरुङभित्र फसेकाहरूको उद्धारका लागि प्रयास जारी छ । बाढी र पहिरोका कारण सुरुङभित्र फसेकामध्ये साहसहित मेकानिकल सुपरभाइजर कबीर महर्जनको पनि जीवितै उद्धार भइसकेको छ ।
उद्धार टोलीले सुरुङभित्र रहेका बाँकी कर्मचारी तथा प्राविधिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएको छ ।

























