कृष्ण मन्दिरमा राष्ट्रपति पौडेलको पूजाआराधना

Share this
625shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार १९:१३
कृष्ण मन्दिरमा राष्ट्रपति पौडेलको पूजाआराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृष्ण जन्माष्टमीका अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजाआराधना गरी भगवान् श्रीकृष्णको दर्शन गरेका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित पाटन दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर पुगेका हुन्। उनले मन्दिरमा पूजाआराधना गरी पुजारीबाट फूल तथा प्रसाद ग्रहण गरे। त्यसपछि पुजारीलाई दक्षिणासमेत प्रदान गरे ।

मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँल, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलगायतले स्वागत गरेका थिए । सो अवसरमा सांसद, प्रदेश सभासद् तथा पूर्वमन्त्रीहरू पनि उपस्थित थिए ।

Advertisement

दर्शन तथा प्रसाद ग्रहणपछि राष्ट्रपति पौडेलले मङ्गहिटीको समेत अवलोकन गरे । भगवान् श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन कृष्ण जन्माष्टमी मनाइन्छ । यस अवसरमा पाटनको कृष्ण मन्दिरसहित देशभरका कृष्ण मन्दिरमा दिनभर पूजाआराधना र दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

धार्मिक विश्वासअनुसार द्वापर युगमा भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको मानिन्छ । कृष्ण जन्माष्टमीले धार्मिक आस्थासँगै नेपालको मौलिक कला, संस्कृति, परम्परा र सामाजिक सद्भावलाई समेत प्रतिबिम्बित गर्दै आएको छ ।

राजा सिद्धिनरसिंह मल्लको पालामा १७ औँ शताब्दीमा निर्माण भएको पाटनको कृष्ण मन्दिरमा मल्लकालदेखि नै कृष्ण जन्माष्टमीका दिन राष्ट्राध्यक्षबाट विशेष पूजाआराधना हुँदै आएको परम्परा छ । राजतन्त्रको अन्त्यपछि विसं २०६५ देखि राष्ट्रपतिले राष्ट्रप्रमुखका रूपमा उक्त परम्परालाई निरन्तरता दिँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावित बालबालिकाको पीडाप्रति संवेदनशील बन्न प्रधानमन्त्रीको आग्रह
बाढी प्रभावित बालबालिकाको पीडाप्रति संवेदनशील बन्न प्रधानमन्त्रीको आग्रह
स्कुले छात्रालाई सडकमा अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ
स्कुले छात्रालाई सडकमा अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ
ठूलो संख्यामा गृहका सहसचिव र उपसचिवहरूको सरुवा (सूचीसहित)
कृष्ण मन्दिरमा राष्ट्रपति पौडेलको पूजाआराधना
कृष्ण मन्दिरमा राष्ट्रपति पौडेलको पूजाआराधना
बाढीमा बेपत्ता मोरङका मामा भान्जाको कुशको शव बनाएर अन्त्येष्टि
मोरङ कारागारभित्रको गुटबन्दी विस्फोट : १९ कैदीबन्दीलाई सातवटा कारागारमा स्थानान्तरण गरिँदै, को–को हुन् ‘बी ब्लक’ कब्जा गर्नेहरु ?
बाढीबाट ५३ झोलुंगे पुलमा क्षति, २० वटाको मर्मत सुरु
बाढी पीडितका तस्बिर र भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न आग्रह
बाढी पीडितका तस्बिर र भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न आग्रह
विराटनगरमा ट्रष्टको काम गर्ने क्रममा लडेर एक जनाको मृत्यु
बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न नुवाकोट पुगे ओली
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×