मानव बेचबिखनमुक्त समाजका लागि सबै तहका सरकारबीच सहकार्य आवश्यकः प्रधानमन्त्री

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २०, शनिबार १०:४०

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र -बालेन) शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन् । मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानवसभ्यताकै कलंक र विश्वभर फैलिएको संगठित अपराधका रूपमा रहेको बताएका हुन् ।

‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति, स्वरूप र गन्तव्यमा समेत परिवर्तन भइरहेको उल्लेख गरेका छन् ।

Advertisement

उनका अनुसार मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र नियन्त्रणका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप नीतिगत र संस्थागत सुधार गर्दै आएको छ । यसका लागि तीनै तहका सरकार र सम्बन्धित सरोकारवालाबीच समन्वय तथा सहकार्यमा विभिन्न पहल भइरहेको उनले बताएका छन् ।

प्रधानमन्त्री शाहले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई पालेर्मो प्रोटोकलअनुकूल हुने गरी संशोधन गर्ने विधेयक संसदमा दर्ता गरिएको जानकारी दिएका छन् । यसबाट पीडितको मानव अधिकार संरक्षण तथा अन्तर्राष्ट्रियस्तरमा राज्यहरूबीच सहयोग र समन्वय बढाउन सहज हुने अपेक्षा गरिएको उनले बताएका छन् ।

संघीय संरचनाअनुरूप विद्यमान कानुनी तथा संस्थागत संयन्त्रलाई परिमार्जन गर्ने क्रममा मानव बेचबिखनविरुद्धको नीति जारी गरी कार्यान्वयनमा ल्याइएको पनि उनले उल्लेख गरेका छन् । मानव बेचबिखनविरुद्धको अभियानमा संघीय सरकारसँगै प्रदेश तथा स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार र अन्य सरोकारवालाको सहकार्य अपरिहार्य रहेको प्रधानमन्त्री शाहको भनाइ छ ।

‘हाम्रो साझा पहल र संयुक्त प्रयासले मात्र मानव बेचबिखनमुक्त समाज बनाउन सम्भव हुनेछ,’ उनले सन्देशमा भनेका छन् । प्रधानमन्त्री शाहले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सरकारको अभियानमा निरन्तर सहयोग, समन्वय र सहकार्य गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै अभियानमा साथ र ऐक्यबद्धताका लागि आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
उद्धार सकिएको छैन, पुनःस्थापनाको चुनौती झन् ठूलो
विराटनगरको रथयात्रामा चोरीदेखि दुर्घटनासम्मको जोखिम, प्रहरीले गर्‍यो यस्तो आग्रह
भोटेकोशी बाढी : विपद् मात्रै कि जलवायु परिवर्तनको संकेत ?
मानव बेचबिखनमुक्त समाजका लागि सबै तहका सरकारबीच सहकार्य आवश्यकः प्रधानमन्त्री
‘राधाकृष्ण रथयात्रा विराटनगरको धार्मिक आस्था र सांस्कृतिक पहिचानको प्रतीक’
फकल्यान्डको तेल उत्खनन रोक्न अर्जेन्टिनाको तयारी, ट्रम्पको अभिव्यक्तिले बढायो तनाव
पीडितको दुःखलाई प्रदर्शन होइन, पुनर्निर्माणको शक्तिमा बदल्नुपर्छ
क्यानाडाको प्रान्तीय सरकारद्वारा बाढीपीडितका लागि ५० हजार डलर सहयोग
ड्रोनमार्फत बाढी प्रभावित क्षेत्रमा राहत
प्रतिभा पौडेलको महाकाव्य ‘तितिक्षा’ लोकार्पण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×