माथिल्लो त्रिशूली-१ आयोजनास्थलमा ६ वटा शव फेला

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २०, शनिबार १२:५७

काठमाडौं । बाढीले क्षतिग्रस्त २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनास्थलमा खोजी तथा उद्धारका क्रममा ६ जनाको शव फेला परेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार उद्धार टोलीले आयोजनाको सल्लेटार क्षेत्रबाट ती शव संकलन गरेको हो । नेपाली सेनामार्फत बट्टार ल्याइएका शव अत्यधिक बिग्रिएको अवस्थामा रहेकाले हालसम्म पहिचान खुल्न सकेको छैन ।

Advertisement

बाढीका कारण आयोजनाको सुरुङभित्र करिब ३०० जना कामदार तथा कर्मचारी फसेको आशंका गरिएको छ । सम्पर्कविहीन रहेकाको खोजीका लागि शुक्रबार दिनभर हेडवर्क्स र सुरुङ क्षेत्रमा उद्धार टोली परिचालन गरिएको थियो ।

खोजी तथा उद्धारमा कोरियाली प्राविधिक टोली, शेर्पा र सर्च एन्ड रेस्क्यु टोलीसहित १५ वटा भारी उपकरण, विशेष क्यामेरा तथा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । सुरुङभित्र भरिएको पानी निकाल्न उच्च क्षमताका वाटर पम्पसमेत निरन्तर सञ्चालनमा राखिएको छ ।

इप्पानका अनुसार बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत थिए । तीमध्ये हालसम्म ८७६ जनाको सकुशल उद्धार भइसकेको छ । अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेकाले शनिबार थप उपकरण र प्रविधिको प्रयोग गरी सुरुङ तथा हेडवर्क्स क्षेत्रमा खोजी तथा उद्धारलाई तीव्रता दिइने भएको छ ।

तपाइको प्रतिक्रिया
बाढीपछि सम्पर्कविहीन भएकाको पत्तो नलागेपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिँदै
चिलिमे टनेलमा खोजी तीव्र पार्न सेनाले पठायो स्काभेटर
प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड
माथिल्लो त्रिशूली-१ आयोजनास्थलमा ६ वटा शव फेला
बाढीले पुल बगाएपछि तादी खोलामा एक्रो ब्रिज जडान हुँदै
२ करोड ४० लाख रुपैयाँको ‘एयरपड्स’ बरामद
शिक्षण अस्पतालमा १९३ शव, २४ को मात्रै पहिचान
शव पहिचान गर्न बाढी प्रभावित क्षेत्रमै डीएनए नमुना संकलन केन्द्र
सुरुङभित्र थुनिएको एउटा काल्पनिक मानिसको मनोवाद
उद्धार सकिएको छैन, पुनःस्थापनाको चुनौती झन् ठूलो
विराटनगरको रथयात्रामा चोरीदेखि दुर्घटनासम्मको जोखिम, प्रहरीले गर्‍यो यस्तो आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×