कांग्रेसको नेतृत्वमा विपक्षी दलको बैठक सुरु 

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भदौ २५, बिहीबार १२:३८
कांग्रेसको नेतृत्वमा विपक्षी दलको बैठक सुरु 

काठमाडौं । नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ । भोटेकोसी बाढी पीडितको उद्धार, राहत र पुनर्स्थापना तथा सर्वददलीय बैठकका निर्णयहरू कार्यान्वयनलगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

बैठकमा कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र प्रमुख सचेतक बासना थापा, एमालेबाट उपनेता पद्मा अर्याल र सचेतक निता घतानी, नेकपाबाट प्रमुख सचेतक युवराज दुलाल र सांसद प्रमेश हमाल र श्रम संस्कृति पार्टीबाट सांसद ध्रुव राई सहभागी भएका छन् । अर्को प्रतिपक्षी दल राप्रपा भने बैठकमा सहभागी भएको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.