नेपाल एसीसी प्रिमियर कप च्याम्पियन

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २७, शनिबार १५:५४
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन

काठमाडौं । मलेसियाको क्वालालम्पुरमा भएको एसीसी मेन्स प्रिमियर कप २०२६ उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई ४४ रनले पराजित गर्दै एसीसी कपको च्याम्पियन बनेसँगै एसिया कपमा छनोट भएको हो ।

फाइनल खेलमा नेपालले प्रस्तुत गरेको ३ सय १४ रनको विशाल लक्ष्य पछ्याएको युएई ४९.१ ओभरमा २ सय ६९ रन बनाउँदा अलआउट भयो । युएईका लागि राहुल चोपडाले शतकीय इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

Advertisement

लक्ष्य पछ्याउने क्रममा युएईका लागि राहुल चोपडाले १०५ बलमा ३ चौका र ४ छक्काको मद्दतमा अविजित १०० रन बनाए । त्यस्तै, शोएब खानले ५२, तनिश सुरीले ४२, हरप्रीत सिंहले ३३ तथा खुजैमा तनवीरले १५ रनको योगदान दिए । नेपालका बलरहरूले कसिलो बलिङ गर्दै नियमित अन्तरालमा विकेट लिए । करण केसीले ९ ओभरमा ४९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए भने ललित राजवंशीले १० ओभरमा ४३ रन दिएर २ विकेट हात पारे ।

त्यसैगरी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, गुलशन झा र बसिर अहमदले समान १–१ विकेट लिए । ४९.१ ओभरमा बसिर अहमदको बलमा हैदर अली शून्य रनमा आसिफ शेखद्वारा स्टम्पिङ आउट भएसँगै नेपालको जित सुनिश्चित भएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १३ रनको विशाल योगफल खडा गरेको थियो । नेपालको जितको आधार ओपनर आसिफ शेखको उत्कृष्ट शतकीय इनिङ्स बन्यो । उनले १०६ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै १०२ रन बनाए ।

अर्का ओपनर अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गर्दै आसिफले नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । अर्जुनले ६३ बलमा ६ चौकासहित ४३ रन जोडे। मध्यक्रममा गुलशन झाले आक्रामक ब्याटिङ गर्दै मात्र ३८ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५२ रनको महत्त्वपूर्ण अर्ध शतक बनाए।

रोहित पौडेलले ४४ बलमा ४० रनको इनिङ्स खेले भने दीपेन्द्रसिंह ऐरीले १८, इशान पाण्डेले १३ र सन्दीप जोराले ७ रन बनाए। अन्तिम ओभरतिर बसिर अहमदले विस्फोटक रूपमा ४ बलमै २ चौका र १ छक्का प्रहार गर्दै अविजित १५ रन बटुलेपछि नेपालले ३ सय रनको आँकडा पार गरेको थियो।

बलिङतर्फ युएईका इबरार अहमदले ८ ओभरमा ६२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। खुजैमा तनवीरले २ तथा हैदर अली र अदीब उस्मानीले ११ विकेट हात पारे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×