अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २७, शनिबार २०:१२

काठमाडौं। अन्नपूर्ण स्पाइकर किंग्सले पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) को उपाधि जितेको छ। शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनल खेलमा कर्णाली शिवराजलाई सोझो सेटमा पराजित गर्दै अन्नपूर्ण च्याम्पियन बनेको हो।

अन्नपूर्णले कर्णालीलाई २५-१५, २५-२० र २५-१८ को सोझो सेटमा हराउँदै उपाधि उचालेको हो। लिग चरणको पहिलो खेलमा कर्णालीसँग ३-१ सेटले पराजित भएको अन्नपूर्णले फाइनलमा बदला लिएको छ। उपाधिसँगै अन्नपूर्णले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

Advertisement

खेलको दोस्रो सेटमा केही तनावपूर्ण अवस्था सिर्जना भएको थियो। कर्णाली २-५ ले पछि परेको अवस्थामा कप्तान तथा मार्की खेलाडी पहल गहतराजले रेफ्रीको निर्णयमा असन्तुष्टि जनाएपछि खेल करिब २० मिनेट रोकिएको थियो। सो क्रममा दर्शकले कोर्टमा बोतल फालेका थिए भने कर्णालीका खेलाडीले खेल खेल्न अस्वीकार गरेका थिए। रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउँदै विवादमा उत्रिएपछि कप्तान गहतराज र विदेशी खेलाडी अलिरेजा अबालुचले पहेलो कार्ड पाएका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×