विपदमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण सरकारले गर्ने

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २९, सोमबार १६:१२

काठमाडौं । विपदमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण सरकारले गर्नेले भोटेकोशी विपद्का कारण अभिभावक गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिने बताएकी छन् ।

राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले बाढी प्रभावित, परिवारबाट छुट्टिएका र घाइते बालबालिकाको उद्धार, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग एवं पारिवारिक पुनर्मिलनलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरेकी हुन् ।

Advertisement

उनका अनुसार ललितपुरको गोदावरी नगरपालिका–थेचोमा विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि ‘अस्थायी संरक्षण सेवा केन्द्र’ स्थापना गरी सञ्चालनमा ल्याइएको छ । केन्द्रमार्फत बालबालिकालाई आवास, खानपिन, उपचार, मनोसामाजिक परामर्शका साथै परिवारको खोजी र पुनर्मिलन गराइनेछ ।

विपद्का कारण धेरै परिवार प्रभावित भएको र कतिपय बालबालिकाले आफन्त गुमाउनुपरेको भन्दै उनले प्रभावित क्षेत्रमा बालबालिकाको गोपनीयता, मर्यादा र सुरक्षाका लागि सहजीकरण टोली परिचालन गरिएको जानकारी दिइन् । सरकारले दीर्घकालीन स्याहार योजना कार्यक्रम कार्यान्वयनमा ल्याएकाले कुनै पनि बालबालिकाले आफूलाई एक्लो र असुरक्षित महसुस गर्नु नपर्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×