विश्वकर्माको आराधनासँगै औजार र यन्त्रको पूजा गरिँदै

Share this
847shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार ०७:०१

काठमाडौं । शिल्प, वास्तुकला र निर्माणसँग जोडिएका कालिगढ तथा श्रमिकले आज (बिहीबार) भगवान् विश्वकर्माको पूजाआराधना गर्दै विश्वकर्मा पर्व तथा वास्तु दिवस मनाउँदैछन् ।

आश्विन संक्रान्तिका अवसरमा देशभरका कलकारखाना, उद्योग तथा निर्माणस्थलमा विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना गरी विशेष पूजाआराधना गर्ने परम्परा छ । पर्वका अवसरमा उद्योग तथा कलकारखाना सजाउने र आफूले दैनिक प्रयोग गर्ने औजार, मेसिन तथा सवारीसाधनको समेत पूजा गर्ने गरिन्छ ।

Advertisement

धार्मिक विश्वासअनुसार विश्वकर्माको पूजा गरेमा औजार तथा यन्त्र लामो समयसम्म टिक्ने, कामका क्रममा कम बिग्रने र कार्यक्षमता बढ्ने मान्यता छ । यही विश्वासका कारण विशेषगरी मेकानिक, चालक, प्राविधिक, कालिगढ तथा उद्योगमा कार्यरत श्रमिकले आफ्ना कामका साधनको पूजा गर्ने गर्छन् ।

विश्वकर्मा पर्वका लागि बालुवा तथा माटोबाट निर्माण गरिएका मूर्ति पूजा सकिएपछि शुद्ध जलाशयमा लगेर विसर्जन गर्ने चलनसमेत छ । पौराणिक कथनअनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसबाट जोगाउन विश्वकर्माले समुद्रको बीचमा एकै रातमा ‘भेद द्वारका’ निर्माण गरेको विश्वास गरिन्छ । यही प्रसंगसँग जोडेर विश्वकर्मालाई वास्तुविद् तथा शिल्पकलाका विशिष्ट ज्ञाताका रूपमा पूजा गर्ने परम्परा सुरु भएको जनविश्वास छ ।

प्राचीन भारतवर्षमा चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक मानिएको पाइन्छ । विश्वकर्माले निर्माण गरेको भनिएको ‘भेद द्वारका’ हाल भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ ।

विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा लिइन्छ । उनले ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रसम्बन्धी ग्रन्थ रचना गरेको धार्मिक तथा पौराणिक मान्यता छ । उनको शिल्प तथा वास्तुकलासम्बन्धी योगदानको सम्मानस्वरूप कालिगढ तथा शिल्पी समुदायले विश्वकर्मा पूजा गर्दै आएका हुन् ।

विश्वकर्माको पूजा गर्दा आफूमा पनि उनको जस्तै शिल्प, सीप र दक्षता प्राप्त हुने जनविश्वास छ । त्यसैले कलकारखानामा प्रयोग हुने मेसिनदेखि इन्जिन जडित सवारीसाधनसम्मको पूजा गर्ने परम्परा बसेको हो ।

वास्तुशास्त्रका अध्येता तथा अनुसन्धानकर्ताले भने यही दिनलाई वास्तु दिवसका रूपमा मनाउने गर्छन् । पछिल्ला वर्षमा नेपालमा पनि वास्तु विद्याप्रति चासो बढ्दै गएको छ । चार उपवेदमध्ये एक मानिने ‘स्थापत्यवेद’मा वास्तुशास्त्रसम्बन्धी विषय विस्तृत रूपमा उल्लेख भएको मानिन्छ ।

स्थापत्यवेदमा आधारित सुरक्षित, व्यवस्थित र वैज्ञानिक ढंगले सहर तथा आवास निर्माण गर्ने अभ्यास बढ्दै जाँदा वास्तु विद्याको महत्त्वसमेत पछिल्लो समय बढेको देखिन्छ ।

तपाइको प्रतिक्रिया
चिलिमे सुरुङमा भेटिएका ५ शव परिवारलाई हस्तान्तरण
प्रमुख प्रशासकीय नहुँदा विराटनगरमा ६० करोडको भुक्तानी अड्कियो
गुटको घेराबाट बाहिर निस्कन डा. कोइरालाको आग्रह
‘भोटेकोशी बाढीलाई सामान्य हिमाली बाढीका रूपमा मात्र बुझ्न हुँदैन’
कांग्रेसमा बदलिँदै समीकरण, देउवा पक्षका नेता गगनतिर
संसदीय विशेष समिति गठनको खाका अझै टुंगिएन
एमाले पुनर्गठन कार्यदलमै बढ्यो मतभेद, प्रतिवेदन अल्झिँदा केन्द्रीय समिति बैठक अन्योलमा
दुई महिनामा १ खर्ब ८४ अर्ब राजस्व, लक्ष्यभन्दा ३० अर्ब कम
कारबाट ४ वटा पेस्तोल र गोली बरामद
२ सयको खरिदमै १० लाखको उपहार, भदौका करदाता प्रोत्साहन उपहार घोषणा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×