योगेश भट्टराईको आरोप : निर्वाचन समीक्षा प्रतिवेदनमा ओलीको हस्तक्षेप

Share this
626shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २, शुक्रबार १५:१३

काठमाडौं। नेकपा (एमाले) का सचिव योगेश भट्टराईले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनको प्रस्ताव तयार गर्न गठित कार्यदलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्तक्षेप गरेको आरोप लगाएका छन्।

रिपोटर्स क्लब नेपालले आज (शुक्रबार) काठमाडौँमा आयोजना गरेको कार्यक्रममा भट्टराईले कार्यदलको समझदारीअनुसार महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनमाथि अध्यक्ष ओलीको असहमतिपछि छलफल अघि बढ्न नसकेको दाबी गरे। उनका अनुसार त्यसको ‘काउन्टर’मा उपाध्यक्ष रामबहादुर थापालाई अर्को प्रतिवेदन तयार गर्न लगाइएको थियो।

Advertisement

देशभरका पार्टी सदस्य, प्रदेश कमिटी, जनसङ्गठन तथा वरिष्ठ नेताहरूबाट सङ्कलित सुझावमा पार्टी पुनर्गठन गर्नुपर्ने साझा आवाज आएको भट्टराईले बताए। एमाले यथास्थितिमा रहन नसक्ने भन्दै उनले नीति, संगठनात्मक ढाँचा, कार्यशैली, बोली–वचन र नेतृत्वको पुनरावलोकन आवश्यक रहेको बताए।

उनले नेतृत्व हस्तान्तरणमार्फत पार्टीलाई पुनर्जागृत गर्नुपर्नेमा समेत जोड दिए। सरकार गठन भएको करिब ६ महिना पुग्न लाग्दा सरकारको समग्र गति र मति सही ट्र्याकमा नरहेको भट्टराईले टिप्पणी गरे। सरकारले सहजकर्ताको भूमिका खेल्नुको सट्टा त्रास, भय र आतंक सिर्जना गरेर शासन गर्न खोजेको आरोप पनि उनले लगाए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×