वादविवाद प्रतियोगितामा समीक्षा पौडेल प्रथम 

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३, शनिबार १८:०९
वादविवाद प्रतियोगितामा समीक्षा पौडेल प्रथम 

विराटनगर । विराटनगरको अरनिको आवासीय माध्यमिक विद्यालयमा संविधान दिवसको अवसर पारेर आयोजित वादविवाद प्रतियोगितामा कक्षा १२ की छात्रा समीक्षा पौडेल प्रथम भएकी छन् ।

‘वर्तमान संविधानले परिकल्पना गरेको नेपालको संघीयता वरदान कि अभिशाप’ विषयमा आयोजित प्रतियोगितामा उत्कृष्ट तर्क प्रस्तुत गर्दै कुलानन्द यादव दोस्रो, प्रिन्स कार्की तेस्रो र आशुतोष गुप्ता सान्त्वना स्थानमा परेका छन् ।

Advertisement

सम्बोधन, विषयवस्तुको प्रस्तुति, तर्क क्षमता, मौलिकता, खण्डन क्षमता तथा समय व्यवस्थापनलगायतका आधारमा मूल्यांकन गरी विजेता तथा प्रभावका विषयमा पक्ष र विपक्षमा आफ्ना तर्क प्रस्तुत गरेका थिए । प्रतियोगिताले विद्यार्थीमा विषयवस्तुको अध्ययनसँगै तर्क गर्ने, आफ्ना विचार स्पष्ट रूपमा राख्ने र फरक मतको खण्डन गर्ने क्षमताको विकासमा सहयोग पुगेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विद्यार्थीले ‘नेपालको संघीय शासन प्रणालीका अवसर, चुनौती, उपलब्धि तथा प्रभाव’ का विषयमा पक्ष र विपक्षमा आफ्ना तर्क प्रस्तुत गरेका थिए । प्रतियोगिताले विद्यार्थीमा विषयवस्तुको अध्ययनसँगै तर्क गर्ने, आफ्ना विचार स्पष्ट रूपमा राख्ने र फरक मतको खण्डन गर्ने क्षमताको विकासमा सहयोग पुगेको आयोजकको भनाइ छ ।

प्रतियोगिताका विजेतालाई विद्यालयका निर्देशक भरतराज दाहाल, डा. भविन्द्र निरौलालगायतले ट्रफी र प्रमाणपत्र प्रदान गरे । विद्यालयका निर्देशक दाहालले पाठ्यक्रममा आधारित अध्ययनसँगै विद्यार्थीको रुचि र क्षमताअनुसार अतिरिक्त क्रियाकलापलाई पनि विद्यालयले प्राथमिकतामा राख्दै आएको बताए । विद्यार्थीको सिर्जनात्मक क्षमता र नेतृत्व विकासका लागि यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गरिँदै आएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×