काजकिस्तानमाथि नेपालको शानदार जित 

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार १७:३७
काजकिस्तानमाथि नेपालको शानदार जित 

काठमाडौं । नेपालले २० औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा काजकिस्तानमाथि शानदार जित हात पारेको छ । नेपालले काजकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा प्रभावशाली पुनरागमन गरेको हो ।

नेपालले खेलको सुरुदेखि नै आक्रामक र सन्तुलित प्रदर्शन गर्दै पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा नेपालले अझ उत्कृष्ट खेल प्रदर्शन गर्दै २५–१६ को सहज जित निकाल्यो ।

Advertisement

तेस्रो सेटमा पनि नेपाली खेलाडीले आफ्नो लय कायम राख्दै २५–२० ले जित हात पारे । लगातार तीन सेट आफ्नो पक्षमा पारेसँगै नेपालले काजकिस्तानविरुद्ध ३–० को स्पष्ट जित सुनिश्चित गरेको हो ।

यसअघि समूह चरणमा भने नेपालको प्रदर्शन अपेक्षाअनुसार हुन सकेको थिएन । नेपाल पहिलो खेलमा जापानसँग र दोस्रो खेलमा इन्डोनेसियासँग पराजित भएको थियो । समूह चरणबाट बाहिरिएपछि नेपालले अब ९ औँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

काजकिस्तानविरुद्धको जितले नेपाललाई अन्तर्राष्ट्रिय वरियतामा सुधार गर्ने अवसरसमेत दिएको छ । नेपाल हाल विश्व भलिबल वरियतामा ६९ औँ स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सचिवालय बैठकका सात निर्णय : अनुशासन आयोगमा १० जना थपिए, तीन विभागमा नयाँ जिम्मेवारी
परराष्ट्रमन्त्री न्युयोर्कतर्फ
काजकिस्तानमाथि नेपालको शानदार जित 
काजकिस्तानमाथि नेपालको शानदार जित 
मोरङमा पक्राउ परेका राजनीतिक विश्लेषक भरत दाहाललाई काठमाडौं पठाइयो
धरानको विजयपुरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अध्ययन अघि बढाउन माग
एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
वैदेशिक रोजगारीमा जानेमा कोशीका तीन जिल्ला अग्रस्थानमा
मधेस प्रदेशमा आत्महत्याका घटना बढे
मधेश प्रदेशमा आत्महत्याका घटना बढे
जनमत पार्टीको अध्यक्षमा सीके राउत पुनः निर्विरोध
विद्यालय परिसरमा राजनीतिक कार्यक्रम नगर्न सुनसरी प्रशासनको निर्देशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×