एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुँदै

Share this
615shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ५, सोमबार ०७:००

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज (सोमबार)देखि ललितपुरमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठन निर्माण तथा आगामी कार्यदिशाका बारेमा छलफल हुने भएको छ ।

बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बस्नेछ । बैठकमा पार्टीको निर्वाचन समीक्षा तथा पुनर्गठनका विषयमा तयार पारिएको कार्यदलको साझा प्रतिवेदन पनि छलफलको मुख्य एजेन्डाका रूपमा रहनेछ ।

Advertisement

एमाले सचिवालयको आइतबार बसेको बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, महासचिव शंकर पोखरेल र नेता प्रदीप ज्ञवाली सम्मिलित कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी एकीकृत प्रतिवेदन स्वीकार गरेको थियो ।

सचिवालयबाट स्वीकृत उक्त प्रतिवेदन अब केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुनेछ । त्यसमा निर्वाचन परिणामको समीक्षा, पार्टीको संगठनात्मक अवस्था तथा पुनर्गठनका विषय समेटिएका छन् ।

केन्द्रीय कमिटी बैठकले प्रतिवेदनमाथि छलफलसँगै समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्ने र आगामी दिनमा पार्टीले अवलम्बन गर्ने राजनीतिक तथा संगठनात्मक कार्यदिशाका बारेमा निर्णय लिने एमालेले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×