असोज ९ देखि ११ सम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ५, सोमबार १९:४८

काठमाडौं । आगामी असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ । एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, मधेस प्रदेश तथा कोसी, वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Advertisement

महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपास विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाडीको मध्य भाग आसपासमा रहेको छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले बुधबारदेखि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्ने अनुमान गरिएको छ ।

सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, खोलानालामा पानीको सतह बढ्न सक्ने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
आर्या न्युरो हस्पिटल र विराटनगर–३ बीच सम्झौता, वडावासीलाई उपचारमा छुट
जीवन विकास स्वयंसेवक दिवस: १६० स्थानमा सामाजिक काम 
जीवन विकास स्वयंसेवक दिवस: १६० स्थानमा सामाजिक काम 
असोज ९ देखि ११ सम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
नेपाल–भारत सीमा क्षेत्रमा मैत्रीपूर्ण भलिबल, सशस्त्र प्रहरी विजयी
नेपाल–भारत सीमा क्षेत्रमा मैत्रीपूर्ण भलिबल, सशस्त्र प्रहरी विजयी
जोखिम नभए पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश
जोखिम नभए पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश
बिजुलीमा लगाइएको भ्याट हटाउने सरकारको तयारी
बस आगजनीबारे छानबिन गर्न समिति गठन
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित
पुर्खाको नाममा विद्यालय, विपन्न विद्यार्थीलाई छात्रवृत्ति
पुर्खाको नाममा विद्यालय, विपन्न विद्यार्थीलाई छात्रवृत्ति
एमाले केन्द्रीय कमिटी बैठक जारी, ओलीले राजनीतिक प्रतिवेदन पेस (पूर्ण पाठ) 
एमाले केन्द्रीय कमिटी बैठक जारी, ओलीकाे राजनीतिक प्रतिवेदन पेस (पूर्ण पाठ) 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×