एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  

Share this
637shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार १९:१३
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  

काठमाडौं । तेन्जिङ शेर्पाले कांस्य पदक जितेर २० औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक दिलाएका छन् । कराँते खेलको अन्तिम दिन शेर्पाले पदक जितेका हुन् ।

पुरुष ८४ केजीमाथिको तौल समूहमा तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा शेर्पाले लाओसका वत्थना सायासानलाई ९–१ अंकले पराजित गर्दै पदक हासिल गरेका हुन् । सेमिफाइनलमा शेर्पा इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए । त्यसपछि उनले कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

Advertisement

विगतको भन्दा उच्च स्तरमा पदक हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रिएका नेपाली खेलाडीहरूले बुधबार (आज) सम्मको प्रदर्शनमा उत्साही बनाउन सकेका थिएनन् । तर, शेर्पाको विजयसँगै बाँकी खेलका खेलाडीहरूमा हौसलासँगै उत्साह बढेको छ । पदकको आशा गरिएकी ऐरीकाले समेत सफलता पाउन सकिनन् ।

एसियाली खेलकुदमा हालसम्म शेर्पाको सहित २७ पदक प्राप्त भएको छन् । यसमा कराँतेका खेलाडीले ५ वटा पदक देशका लागि दिए ।

यता बक्सिङमा अझै पदकको आस गर्न सक्ने अवस्था छ । आजै भएको बक्सिङको पुरुष ६० केजी तौल समूहको पहिलो चरणमा खगेन्द्र रोका मगर विजय भएका छन् । उनले मकाउका जोन रेयेस सलिनास एल्भिनलाई ५–० ले पराजित गरेका छन् । पदकका लागि उनले अझ कम्तीमा पनि दुई चरण पार गर्नुपर्ने हुन्छ ।
यस्तै, कबड्डीमा पुरुष टिम प्रतिस्पर्धाबाट बाहिरिए पनि महिला टिमप्रति सबैको विश्वास देखिन्छ । लिग चरणमा पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ ले पराजित गरेको छ ।

उसुका खेलाडीहरूले पनि सफलता हात पार्न सकेनन् । यस्तै, महिला भलिबल अघिल्लो संस्करणभन्दा र्याङकिङमा कमजोर देखियो । सफ्ट टेनिस, टेबलटेनिस, साइक्लिङ लगायतका खेलहरू जारी छन् भने क्रिकेट, तेक्वान्दो, गल्फ, ब्याडमिन्टन, जुडोका खेलहरू सुरु हुँदै छन् । यस्तै, एथलेटिक्स लगायतका खेलमा राष्ट्रिय नयाँ रेकर्ड राख्ने अपेक्षा गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×