एन्फाका केन्द्रीय सदस्य दीपेन्द्र धिमालको निधन

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ८, बिहीबार ०९:५८

विराटनगर । मोरङको उर्लाबारी घर भएका अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य एवं चर्चित पूर्वफुटबल खेलाडी दीपेन्द्र धिमाल (ड्राइभर)को निधन भएको छ ।

मोरङको उर्लाबारी नगरपालिका–६ का ५९ वर्षीय धिमालको उपचारका क्रममा बिहीबार (आज) बिहान निधन भएको उर्लाबारी फुटबल क्लबका सचिव घनश्याम भण्डारीले जानकारी दिए । उनका अनुसार धिमाल लामो समयदेखि ‘प्यान्क्रियाज’ लगायत स्वास्थ्य समस्याबाट पीडित थिए । उनी केही समयअघि भारतको हैदरवादमा उपचार गराएर घर फर्किएका थिए । पारिवारिक स्रोतका अनुसार थप उपचार (फ्लोअप)का लागि आइतबार पुनः भारत जाने तयारी थियो ।

Advertisement

तर, बुधबार साँझ स्वास्थ्यमा समस्या आएपछि स्थानीय अरनिको अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उनलाई रक्तमा चिनीको मात्रा घट्ने, ज्वरो आउने र वान्ता हुने समस्या थियो । उपचारकै क्रममा बिहीबार बिहान ५ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको परिवारले जनाएको छ ।

उनका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरी विदेशमा रहेकाले उनी आएपछि मात्रै दाहसंस्कार गरिने जानकारी परिवारले दिएको छ ।

उर्लाबारी फुटबल क्लबका सचिव भण्डारीका अनुसार ‘ड्राइभर’ उपनामले चिनिने धिमालले मोफसलमा फुटबलको विकासमा विशेष योगदान पुर्याएका थिए । नाम दीपेन्द्र रहे पनि उनको खेल कौशलबाट उपनाम राखिएको थियो । गाडीलाई जसरी चालक (ड्राइभर)ले चलाउँछ, त्यसरी नै फुटबललाई मैदानमा लैजान सक्ने कला भएकाले उनलाई सबैले ‘ड्राइभर’ उपनामले बलाउने गर्थे ।

धिमाल राष्ट्रिय टोलीबाट नखेले पनि उनी नेपालका चर्चित क्लब जनकपुर चुरोट कारखाना (जचुकाली), थ्रीस्टारजस्ता क्लबबाट खेलेका चर्चित पूर्वफुटबलर हुन् । उनले भारतको पश्चिम बंगाल लिग त्यहीँको क्लबहरुबाट खेलेका थिए ।

भण्डारीका अनुसार मोफसलको फुटबलको विकासमा विशेष योगदान गरेका धिमाल उर्लाबारी फुटबल क्लबको अध्यक्ष हुँदै मोरङ जिल्ला फुटबल संघको सदस्य, दुई कार्यालय महासचिव, ३ कार्यकाल अध्यक्ष हुँदै एन्फाको केन्द्रीय सदस्य भएका थिए । धिमालको निधनले फुटबल क्षेत्र तथा खेलप्रेमीहरूमा शोक छाएको उनको भनाइ छ । धिमालको निधनले फुटबल क्षेत्रमा अपूरणीय क्षति पुगेको भण्डारीले बताए ।

तपाइको प्रतिक्रिया
विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम, सात जिल्लामा उच्च जोखिम
वर्षाले मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्डमा आवागमन रोकियो
मोरङको धनपालथानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सीता एयरको जहाज धावनमार्गमै दुर्घटना, सबै यात्रु सकुशल
एन्फाका केन्द्रीय सदस्य दीपेन्द्र धिमालको निधन
भारी वर्षाको सम्भावनापछि विराटनगरका विद्यालय दुई दिन बन्द
अदालतका फैसला जाँच्न संसदीय समिति बनाउने प्रस्तावप्रति आपत्ति
संसद् बैठकमा रास्वपा सांसदलाई अनिवार्य उपस्थितिको निर्देशन
चाडपर्वमा यात्रा सहज बनाउन सडक मर्मत तीव्र
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×