एसियाली खेलकुद: वर्षाले नेपाल–जापान खेल रद्द, समूह विजेता बन्दै नेपाल क्वार्टर फाइनलमा 

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १०, शनिबार ०९:२७
एसियाली खेलकुद: वर्षाले नेपाल–जापान खेल रद्द, समूह विजेता बन्दै नेपाल क्वार्टर फाइनलमा 

काठमाडौं । वर्षाका कारण खेल रद्द भएपछि २० औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र आयोजक जापानले अंक बाँडेका छन् । अंक बाँडे लगत्तै नेपाल समूह  ‘ए’ को विजेता बन्दै प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

जापानको कोरोगी एथ्लेटिक पार्कमा शनिबार भएको खेलमा नेपालले ब्याटिङ गर्दै चुनौतीपूर्ण योगफल खडा गरे पनि त्यसपछि परेको लगातारको वर्षाका कारण दोस्रो इनिङ सम्भव भएन । म्याच रेफ्रीले खेल रद्दको निर्णय गरेपछि नेपालले शीर्ष स्थान हासिल गर्दै अन्तिम आठमा स्थान पक्का गर्‍यो ।

Advertisement

नेपालले सेप्टेम्बर २९ तारिखमा क्वार्टर फाइनलमा टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्ने छ । जितविहीन बनेको जापान भने समूह चरणबाटै बाहिरिएको छ । यसअघि नेपालले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो । सोही जित नेपाललाई समूह विजेता बनाउन निर्णायक बन्यो ।

समूह ‘ए’ बाट उपविजेता बनेको अफगानिस्तानले अब क्वार्टर फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने छ ।  सन्दीप र लोकेशको विस्फोटक अर्धशतक वर्षाका कारण १५ ओभरमा छोटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १४९ रनको विशाल योगफल तयार पारेको थियो ।

तर, नेपालले दिएको १५० रनको लक्ष्य पछ्याउन जापान मैदान उत्रिनै नपाई पानी परेपछि खेल अंक बाँड्दै टुगिंयो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×