नेपाली खेलाडी सिंहले जिते एसियाली शारीरिक सुगठनमा स्वर्ण

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १०, शनिबार १३:२२

काठमाडौं । नेपाली शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैंककमा जारी ५८औँ एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार सिंहले पुरुष ७५ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका हुन् ।

Advertisement

यो सिंहको यस वर्षको दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो । यसअघि भुटानमा भएको १६औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा उनले पुरुष ८० केजी तौल समूहमा स्वर्ण जितेका थिए ।

उक्त प्रतियोगितामा नेपालले तीन स्वर्ण, तीन रजत र एक कास्यसहित सात पदक जितेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×