‘विशिष्ट व्यक्ति पक्राउ गर्दै गए सरकारले ठूलो मूल्य चुकाउन पर्छ’

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १२, सोमबार १४:२०
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ट व्यक्तिहरूलाई विना कारण पक्राउ गर्ने क्रम जारी राखे सरकारले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्।

सिंहदरबारमा आज (सोमबार) पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ प्रकरणप्रति असन्तुष्टि जनाउँदै यस्ता घटना दोहोरिन नहुने बताए।

Advertisement

‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ नियत सरकारको भए त्यो घातक हुने उनको भनाइ थियो। उनले भने, ‘तथ्य विस्तारै आउँछ। सरकारले छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने त्यो पनि घातक हुन्छ।’

पूर्वप्रधानन्यायाधीशलाई सुरक्षा थ्रेट रहेको भए पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाउनु पर्ने प्रचण्डले बताए। ‘सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो,’ उनले भने। संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले समयअनुसार बोल्नु पर्ने विषय नै उठाएको भन्दै प्रचण्डले त्यसलाई स्वाभाविक भएको प्रतिक्रिया दिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×