भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश

Share this
800shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १४, बुधबार १८:५३
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले झापाको दमकस्थित बेलडाँगी शिविरमा जन्मिएका भुटानी शरणार्थीका तीन सन्तानलाई बाबुआमासँग पारिवारिक पुनर्मिलनका लागि अमेरिका जान आवश्यक ‘निकास अनुमतिपत्र’ (एक्जिट परमिट) उपलब्ध गराउन सरकारका नाममा परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र शान्तिसिंह थापाको संयुक्त इजलासले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय झापाका नाममा यस्तो आदेश दिएको हो। प्रशासनिक निकायको अनिर्णय र आलटालका कारण शरणार्थीका सन्तानलाई परिवारसँग पुनर्मिलनको अधिकारबाट वञ्चित गर्न नमिल्ने अदालतको ठहर छ।

Advertisement

बेलडाँगी शिविरमा जन्मिएका सोनिका अङ्गारी, सन्ध्या अङ्गारी र सृजन अङ्गारीले निकास अनुमतिपत्र नपाएपछि गृह मन्त्रालयलगायत निकायलाई विपक्षी बनाई रिट दायर गरेका थिए। गत साउन २७ गते भएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो। निवेदकका बुबा मोनी कुमार अङ्गारी सन् २०१५ मा तेस्रो देश पुनर्स्थापना कार्यक्रमअन्तर्गत अमेरिका पुगेर त्यहाँको नागरिक बनिसकेका छन्। आमा गीता गिरी पनि सन् २०२४ मा अमेरिका पुगेकी छन्। बाबुआमासँग पुनर्मिलनका लागि अमेरिकाको भिसा प्रक्रिया अघि बढाउँदा अमेरिकी दूतावासले नेपाल सरकारले यात्रा वा निकास अनुमतिपत्र दिएमा भिसा जारी गर्ने जनाएको थियो।

तर, आवश्यक कागजात, जन्म दर्ता, नाता प्रमाणित तथा डीएनए परीक्षण प्रतिवेदनसहित गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा पटक–पटक निवेदन दिँदा पनि निर्णय नभएपछि उनीहरू सर्वोच्च पुगेका थिए। सरकारी पक्षले भने बुबाको नाम तेस्रो देश गएपछि शरणार्थीको लगतबाट हटिसकेको र आमाको नाम शरणार्थी व्यवस्थापन प्रणालीमा नरहेको भन्दै अनुमति दिन नसकिने जिकिर गरेको थियो।

अदालतले भने प्रशासनिक अभिलेखमा नाम नरहेको जस्ता प्राविधिक कारण देखाएर पारिवारिक पुनर्मिलनमा अवरोध गर्न नमिल्ने ठहर गरेको छ। निवेदकहरू बेलडाँगी शिविरमै जन्मिएको, नाता प्रमाणित भएको र डीएनए परीक्षणबाट पितृत्वसमेत स्थापित भएको अवस्थामा राज्यका निकायले कानुनी प्रक्रियाअनुसार समयमै स्पष्ट निर्णय दिनुपर्ने अदालतको भनाइ छ।

सर्वोच्चले पारिवारिक पुनर्मिलन मानव अधिकारसँग सम्बन्धित विषय भएको उल्लेख गर्दै निवेदकहरूको माग कानुनी, मानवीय र न्यायोचित देखिएको ठहरसहित उनीहरूलाई अमेरिका पुनर्वासका लागि निकास अनुमतिपत्र दिन आदेश दिएको हो।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×