एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १५, बिहीबार २०:५८
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले बिहीबार रिट खारेज गर्ने आदेश दिएको हो । आदेशसँगै उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रक्रिया अघि बढ्ने भएको छ।

सीआईबीले करिब १५ दिनअघि पक्राउ गरेका जोशी र पाण्डेले आफूहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले सम्बन्धित मुद्दाको फाइलसमेत झिकाएको थियो ।

उनीहरूमाथि सीआईबीले खेलमा मिलेमतो (म्याच फिक्सिङ), अनियमितता तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । पक्राउपछि आफूहरूको थुना गैरकानुनी भएको दाबी गर्दै उनीहरूले अदालतबाट तत्काल रिहाइको माग गरेका थिए ।

तर सर्वोच्चको बिहीबारको आदेशपछि उनीहरूविरुद्ध भइरहेको अनुसन्धान अघि बढ्ने भएको छ। अदालतको आदेशले रिटमार्फत माग गरिएको तत्काल रिहाइको बाटो भने बन्द भएको छ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×