
काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् । उनले वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
विशेष महाधिवेशनबाट शर्मा उपसभापति निर्वाचित भएका थिए । कांग्रेसको विधानमा पहिलोपटक वरिष्ठ उपसभापतिको व्यवस्था गरिएको छ ।
शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा उम्मेदवारी दर्ता गराएका छ न्। कांग्रेसमा वरिष्ठ उपसभापति नयाँ पद थपिएको हो । यो पदलाई सभापतिपछिको वरीयतामा राखिएको छ ।

























