पहिरोले पुरियो बोलेरो गाडी

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार १५:४७

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१२ स्थित सुनाता खोला नजिकै पहिरो खस्दा गुडिरहेको बोलेरो गाडी पुरिएको छ । आज (बुधबार) बिहान गमगढीबाट सुनातातर्फ गई फर्किने क्रममा लु. प्र. ००१०१ च १२११ नम्बरको बोलेरो गाडीमाथि माथिबाट अचानक पहिरो खसेको प्रहरीले जनाएको छ । चालक तत्कालै निस्किएर जोगिएका थिए ।

पहिरो खसेपछि अस्थायी प्रहरी पोष्ट रोवाबाट प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । घटनास्थलमा पुगेर अवस्थाबारे जानकारी लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरो खस्ने समयमा जिपमा कोही पनि सवार थिएनन् । समयमै सतर्कता अपनाइएकाले मानवीय क्षति हुनबाट जोगिएको हो । पहिरोले पुरिएको गाडी निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×