विराटनगरबाट पक्राउ परे भारतीय नागरिक, गाँजा बरामद

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार १६:३८

विराटनगर । विराटनगरबाट प्रहरीले २४ किलो ४०० ग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको अररिया जिल्ला फुलकाहा–१ का २० वर्षीय प्रवेशकुमार साह र २० वर्षीय सुरेशकुमार साह रहेका छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका बुधबार बिहान करिब ११ः३० बजेतिर विराटनगर महानगरपालिका–१८ रेल्वे क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

अस्थायी प्रहरी पोस्ट भेडियारीबाट खटिएको टोलीले भारततर्फ जाँदै गरेको बीआर ३८ एई ०४९७ नम्बरको मोटरसाइकललाई शंका लागेर रोकेको थियो । प्रहरीले मोटरसाइकलमा राखिएका दुईवटा ठूला कालो प्लास्टिकका पोका चेकजाँच गर्दा प्रतिबन्धित गाँजा फेला पारेको मिश्रले बताए ।

प्रहरीले गाँजा र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा ल्याएको छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी मिश्रले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×