विराटनगरबाट केराबारीका दुई जना युवा पक्राउ

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार १६:१८
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ

विराटनगर । प्रहरीले लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित विराटनगरबाट दुई जना युवालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१६ दक्षिण गेटमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मोरङको केराबारी गाउँपालिका–६ का २१ वर्षीय सुशान्त विक र २० वर्षीय निर्मल तामाङलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा सुशान्तको साथबाट ४.९० ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखेर घटनाको थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार दुवै जनालाई असोज १८ गते पक्राउ गरिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×