विराटनगरबाट शव बोकेर भोजपुर जाँदै गरेको एम्बुलेन्स धनकुटामा दुर्घटना, चालक गम्भीर

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २५, आइतबार ०७:१६

धनकुटा । विराटनगरबाट शव बोकेर भोजपुरतर्फ जाँदै गरेको एम्बुलेन्स धनकुटामा दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्कुलडाँडास्थित मध्यपहाडी लोकमार्गमा आइतबार बिहानका राति १२ः३० बजेतिर एम्बुलेन्स दुर्घटनामा परेको हो । विराटनगरबाट शव लिएर भोजपुरतर्फ जाँदै गरेको रामप्रसाद राई गाउँपालिकाद्वारा सञ्चालित बा प्र–०१–०२–००२ झ ६१९० नम्बरको महिन्द्रा बोलेरो एम्बुलेन्स अनियन्त्रित भएर सडकबाट करिब तीन मिटर तल खोल्सीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एम्बुलेन्स चालक भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ का २१ वर्षीय शक्ति राई गम्भीर घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

त्यस्तै, रामप्रसाद राई गाउँपालिका–७ का ४६ वर्षीय रामनन्द राई घाइते भएका छन् । कम्मरमा चोट लागेका उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले दुवै जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाएको थियो । प्रहरीका अनुसार तीव्र गतिका कारण एम्बुलेन्स दुर्घटनामा परेको प्रारम्भिक अनुमान छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
कोशीको नाम फेर्न एकतिहाइले प्रस्ताव ल्याउन सक्ने, समर्थन दुईतिहाइको चाहिने
बुढीगण्डकीमा बाढीको वितण्डा : ३५ घर बगे, पुलहरू ध्वस्त
तरकारीको आडमा गाँजा तस्करी : मोरङमा ५७० किलो बरामद, पिकअप छाडेर चालक फरार
विराटनगरबाट शव बोकेर भोजपुर जाँदै गरेको एम्बुलेन्स धनकुटामा दुर्घटना, चालक गम्भीर
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
झापामा ट्रक र ईभी कार ठोक्किँदा दुई प्रहरीसहित चार जना घाइते, वरिष्ठ सईको अवस्था गम्भीर
लिग–२ को अन्तिम शृङ्खला : नेपालले क्यानडासँग खेल्दै
बुढीगण्डकीको भीषण बाढीले सल्लेरी बजार बगायो
कोशीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना
पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा मौसम खुल्ने
ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु, अर्की महिला घाइते
घटस्थापनासँगै दसैँको उल्लास सुरु, घरघरमा जमरा राखिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×