बुढीगण्डकीको भीषण बाढीले सल्लेरी बजार बगायो

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २५, आइतबार ०६:३२

गोरखा । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको उत्तरी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढीले चुमनुब्री गाउँपालिकास्थित सल्लेरी बजार बगाएको छ भने जगत बजारमा समेत ठूलो क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

स्थानीय विशाल घलेका अनुसार नदीमा आएको बाढीले सल्लेरी बजारलाई बगाउनुका साथै जगत बजारमा पनि व्यापक क्षति पुर्‍याएको छ । बाढीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।

चुमनुब्री गाउँपालिकाको छेकम्पार क्षेत्रमा सुक्खा पहिरो खसेर बुढीगण्डकी नदी थुनिएपछि एक्कासि बाढी आएको हुन सक्ने आशंका गरिएको छ । आइतबार बिहानै नदीमा ठूलो आवाजसहित पानीको बहाव अस्वाभाविक रूपमा बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिए ।

बाढी तल्लो तटीय क्षेत्रतर्फ बढिरहेकाले नदी किनार तथा आसपासका जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई तत्काल सुरक्षित र अग्लो स्थानमा जान आग्रह गरिएको छ । सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै नदी आसपासका क्षेत्रमा नबस्नसमेत अनुरोध गरिएको छ । बाढीले पुर्‍याएको क्षति, सम्भावित मानवीय असर र उद्धारसम्बन्धी थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
बुढीगण्डकीमा बाढीको वितण्डा : ३५ घर बगे, पुलहरू ध्वस्त
तरकारीको आडमा गाँजा तस्करी : मोरङमा ५७० किलो बरामद, पिकअप छाडेर चालक फरार
विराटनगरबाट शव बोकेर भोजपुर जाँदै गरेको एम्बुलेन्स धनकुटामा दुर्घटना, चालक गम्भीर
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
झापामा ट्रक र ईभी कार ठोक्किँदा दुई प्रहरीसहित चार जना घाइते, वरिष्ठ सईको अवस्था गम्भीर
लिग–२ को अन्तिम शृङ्खला : नेपालले क्यानडासँग खेल्दै
बुढीगण्डकीको भीषण बाढीले सल्लेरी बजार बगायो
कोशीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना
पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा मौसम खुल्ने
ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु, अर्की महिला घाइते
घटस्थापनासँगै दसैँको उल्लास सुरु, घरघरमा जमरा राखिँदै
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×