
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।
बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ । बाढीले आसपासका अन्य भौतिक संरचनामा समेत क्षति पुर्याएको छ ।
बाढीको खबरले आफूलाई दुःखी बनाएको उल्लेख गर्दै थापाले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।
‘यस विपद्को घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न पार्टीका सम्पूर्ण साथीहरूलाई अपिल गर्दछु,’ थापाले भनेका छन् ।



















