
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन र चाँदीको मूल्य बढेको छ ।
अघिल्लो दिन प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ५ सय रुपैयाँ पुगेको छ ।
नेपालमा आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५४ हजार २ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४ सय ५ रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ४ हजार ४ सय ४० रुपैयाँ पुगेको छ ।
आज १० ग्राम चाँदीको मूल्य ३ हजार ८ सय ६ रुपैयाँ तोकिएको छ ।



















