दसैँमा मौसम सफा रहने सम्भावना

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज २७, मंगलबार ०७:५३

काठमाडौं । केही दिनयता भइरहेको वर्षा रोकिएसँगै मौसम क्रमशः सुधार हुँदै जाने देखिएको छ । दसैँको समयमा पनि मौसमले साथ दिने र अधिकांश स्थानमा घमाइलो रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् विनोद पोखरेलका अनुसार आज पहाडी भेगका थोरै स्थानमा छोटो समयका लागि हल्का वर्षा हुन सक्छ । बिहीबार र शुक्रबार भने अपराह्न पहाडी भेगका केही बढी स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यसपछि मौसम थप सुधार हुँदै जाने उनको भनाइ छ । अर्को हप्ता सामान्यतया घमाइलो मौसम रहने पूर्वानुमान रहेकाले दसैँका बेला मौसम अनुकूल रहने सम्भावना देखिएको पोखरेलले बताए ।

मौसम सफा रहने सम्भावनाले दसैँमा यात्रा गर्ने, घुमफिर गर्ने र टीका लगाउन आफन्तकहाँ जाने तयारीमा रहेकालाई सहज हुने अपेक्षा गर्न सकिन्छ । यद्यपि, स्थानीय मौसममा परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि मौसमको पछिल्लो पूर्वानुमान हेर्नु उपयुक्त हुन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.