संघीयतालाई सुदृढ बनाउन अझै मेहनत गर्नुपर्छ : मुख्यमन्त्री शाही

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २७, मंगलबार १०:४९

विराटनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयतालाई सुदृढ बनाउन अझै धेरै मेहनत गर्नुपर्ने बताएका छन् । संघीयताबारे विभिन्न भ्रम सिर्जना भइरहेकाले उपलब्धिलाई तथ्यका आधारमा स्थापित गर्न आवश्यक रहेको उनको भनाइ छ ।

विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै शाहीले संघीयता कार्यान्वयन र अभ्यासको झन्डै एक दशक पुग्न लाग्दा विकास, सेवा प्रवाह र शासन व्यवस्थामा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए । तर, नागरिकका कतिपय अपेक्षा पूरा हुन नसक्दा संघीयताबारे भ्रम फैलिने अवस्था रहेको उनले उल्लेख गरे ।

यस्ता भ्रम चिर्दै संघीयतालाई थप सुदृढ बनाउन उच्चस्तरको सहकार्य र निरन्तर मेहनत आवश्यक रहेको शाहीले बताए । संघीयताको मर्मअनुसार प्रदेश सरकार, प्रदेशसभा र प्रदेशहरूबीचको सम्बन्धलाई बलियो बनाउँदै अनुभव आदानप्रदान र सहकार्य बढाउनुपर्नेमा उनले जोड दिए ।

भौगोलिक विकटता र विभिन्न चुनौतीका बाबजुद नागरिकका अपेक्षा पूरा गर्दै संघीयतालाई संस्थागत गर्न कर्णाली प्रदेश प्रतिबद्ध रहेको पनि उनले बताए ।

तपाइको प्रतिक्रिया
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
राष्ट्रपति पौडेलद्वारा दुई वटा अध्यादेश जारी
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
कोशीमा चाडपर्व सुरक्षाका लागि ८ हजारभन्दा बढी प्रहरी परिचालन
कोशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
संखुवासभाको दुर्गम गाउँमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित
जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल–दक्षिण अफ्रिका सहकार्यमा जोड
पाथीभरामा चहलपहल बढ्यो, एकै दिन ठूलो संख्यामा तीर्थालु
राजमार्गका होटलमा बासी खाना दिए कारबाही हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×