विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २७, मंगलबार १९:१२
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 

विराटनगर । विराटनगरमा भएको २६ औँ राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ । प्रतियोगितामा १७ स्वर्ण पदकसहित आर्मीको टोली पहिलो भएको हो ।

प्रतियोगितामा आर्मीले १७ स्वर्ण, ६ रजत, ५ कांस्यसहित कुल २८ पटक हात पारेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले जानकारी दिए । त्यसैगरी, अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ भने १० स्वर्ण, १० रजत र ६ कांस्यसहित कुल २६ पदकका साथ दोस्रो भएको छ । लुम्बिनी प्रदेश ५ स्वर्ण, ६ रजत र ८ कांस्यसहित कुल १९ पदक हासिल गर्दै तेस्रो भयो ।

प्रतियोगिताको चौथो स्थानमा रहेको बागमती प्रदेशले २ स्वर्ण, ६ रजत र १० कांस्य गरि कुल १८ पदक हात पार्न सफल भयो । घरेलु टोली कोशी प्रदेश भने १ स्वर्णसहित तालिकाको पाँचौँ स्थानमा सीमित भएको छ । कोशीले एक स्वर्ण, ५ रजत र ११ कांस्य पदक गरी १७ पदक प्राप्त गर्‍यो । प्रतियोगितामा सहभागी सुदूरपश्चिम प्रदेश पदकविहीन रहेको थियो ।

यद्यपि, कर्णाली प्रदेशले ६ कांस्य र मधेश प्रदेशले ५ कांस्य मात्र जित्न सफल भए । गण्डकी प्रदेशले भने २ रजत र ९ कांस्य गरी ११ पदक प्राप्त गरेको थियो । मधेश, गण्डकी र कर्णालीको टोली पनि स्वर्ण पदकविहीन रहेका थिए । प्रतियोगिताअन्तर्गत टिम विजेतामा विभागीय टोली आर्मी पहिलो, सशस्त्र प्रहरी बलको एपीएफ दोस्रो र लुम्बिनी प्रदेश तेस्रो रहयो ।

त्यसैगरी, आर्मीका भीम बहादुर उत्कृष्ट पुरुष खेलाडी र लुम्बिनीकी अपेक्षा श्रेष्ठ महिलातर्फको उत्कृष्ट खेलाडी घोषित भइन् । १ सय ५३ जना खेलाडीले स्पर्धा गरेको प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले भने सहभागिता नजनाएको आयोजक मोरङ जिल्ला (आइटीएफ) तेक्वान्दो संघले जनाएको छ।

तपाइको प्रतिक्रिया
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
राष्ट्रपति पौडेलद्वारा दुई वटा अध्यादेश जारी
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
कोशीमा चाडपर्व सुरक्षाका लागि ८ हजारभन्दा बढी प्रहरी परिचालन
कोशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
संखुवासभाको दुर्गम गाउँमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित
जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल–दक्षिण अफ्रिका सहकार्यमा जोड
पाथीभरामा चहलपहल बढ्यो, एकै दिन ठूलो संख्यामा तीर्थालु
राजमार्गका होटलमा बासी खाना दिए कारबाही हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×