
काठमाडौं । नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनअन्तर्गत भएको पदाधिकारी चयनका क्रममा सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् ।
११ वटा सहमहामन्त्री निर्वाचित हुने विधान अनुसार खतिवडा र शिवाकोटी पनि निर्वाचित भएका हुन् ।
यसअघि जीवनबहादुर शाही पनि पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भइसकेका छन् ।

























