कोशीमा चाडपर्व सुरक्षाका लागि ८ हजारभन्दा बढी प्रहरी परिचालन

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २७, मंगलबार १७:४७

विराटनगर । दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै कोशी प्रदेशमा ८ हजार १३३ प्रहरी परिचालन गरिने भएको छ । नेपाल प्रहरीले देशभर लागू गरेको चाडपर्व विशेष सुरक्षा योजनाअन्तर्गत कोशी प्रदेशमा उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार चाडपर्वका समयमा नागरिकको जनधनको सुरक्षा, धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान र सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न देशभर ५० हजार ४५८ प्रहरी परिचालन गरिनेछ ।

देशभर परिचालन हुने प्रहरीमध्ये कोशी प्रदेशमा ८ हजार १३३ जना खटिनेछन् । चाडपर्वका बेला हुनसक्ने चोरी, लुटपाट, ठगी, जुवातास, अनलाइन ठगी, बेटिङ तथा अवैध कारोबार नियन्त्रण गर्न प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिने प्रहरीले जनाएको छ ।

चाडपर्वका समयमा सर्वसाधारणको आवतजावत बढ्ने भएकाले सार्वजनिक यातायात, बसपार्क, बजार क्षेत्र, बैंक तथा वित्तीय संस्था, धार्मिक स्थल र मुख्य सडक तथा चोकलाई सुरक्षा निगरानीको प्राथमिकतामा राखिनेछ । सम्भावित दुर्घटना तथा आपराधिक घटना रोक्न प्रहरी परिचालनसँगै अनुगमन र निगरानीलाई समेत तीव्र बनाइने प्रहरीले जनाएको छ ।

खुला सीमानाकाबाट हुनसक्ने अवैध हातहतियार, पटका, विस्फोटक पदार्थ तथा लागुऔषधको ओसारपसार र तस्करी नियन्त्रणमा पनि विशेष सतर्कता अपनाइनेछ । चाडपर्वका बेला हुनसक्ने विभिन्न सुरक्षा चुनौतीलाई ध्यानमा राखेर आवश्यकताअनुसार प्रहरी परिचालन गरिने जनाइएको छ ।

लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रु तथा सडक सुरक्षालाई ध्यानमा राखेर सहायता कक्षसमेत स्थापना गरिनेछ । देशभर विभिन्न स्थानमा ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरी १ हजार १६५ प्रहरी परिचालन गर्ने प्रहरीको योजना छ । यस्तै, अन्तर्राष्ट्रिय सीमानाकाका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरी थप ७०५ प्रहरी परिचालन गरिनेछ ।

यात्रु सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउनुका साथै हराएका वा भेटिएका व्यक्ति तथा सामानबारे समन्वय गरिनेछ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सहायता प्रदान गर्ने र यात्रुका गुनासो तत्काल सम्बन्धित प्रहरी कार्यालयमा पुर्‍याउने व्यवस्था मिलाइने प्रहरीले जनाएको छ ।

सवारीसाधनको सुरक्षित आवागमनका लागि चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुपदार्थ सेवन, सवारीको सिट क्षमताअनुसार यात्रु राखे नराखेको र सवारीको प्राविधिक अवस्थासमेत जाँच गरिनेछ । लामो दूरीका सवारीसाधनमा दुई जना चालक भए नभएको विषयमा पनि निगरानी गरिनेछ । प्रहरीले चाडपर्व सुरक्षा योजनामा सीसीटीभी, बडीवर्न क्यामेरा, ड्रोन तथा तालिमप्राप्त कुकुरको प्रयोगलाई समेत प्राथमिकता दिएको छ । सामाजिक सञ्जालबाट फैलिन सक्ने भ्रामक सूचना र डिजिटल माध्यमबाट हुने आपराधिक गतिविधिमाथि निगरानी बढाइनेछ ।

अनलाइन सपिङका नाममा हुने ठगी, बैंकिङ ठगी तथा ओटीपी, पिन र पासवर्ड मागेर गरिने फिसिङबाट जोगिन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । अपरिचित व्यक्तिले माग्दैमा बैंकिङ विवरण तथा गोप्य सूचना उपलब्ध नगराउन पनि प्रहरीले अनुरोध गरेको छ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवाला निकायसँग समन्वय गरिने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
राष्ट्रपति पौडेलद्वारा दुई वटा अध्यादेश जारी
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
कोशीमा चाडपर्व सुरक्षाका लागि ८ हजारभन्दा बढी प्रहरी परिचालन
कोशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
संखुवासभाको दुर्गम गाउँमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित
जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल–दक्षिण अफ्रिका सहकार्यमा जोड
पाथीभरामा चहलपहल बढ्यो, एकै दिन ठूलो संख्यामा तीर्थालु
राजमार्गका होटलमा बासी खाना दिए कारबाही हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×