कांग्रेस नेतृत्व चयनमा सबै सदस्यले मतदान गर्न पाउने व्यवस्था गरिने

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३०, शुक्रबार ११:००
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 

काठमाडौं । नेपाली कांग्रेसले पार्टी नेतृत्व चयनमा सबै सदस्यले प्रत्यक्ष मतदान गर्न पाउने व्यवस्था गर्ने तयारी गरेको छ । सभापति गगनकुमार थापाले पार्टीको नेतृत्व चयन प्रक्रिया सुधार गर्दै तल्लो तहदेखि नै सबै कार्यकर्ताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै थापाले गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट प्राप्त पाठलाई आत्मसात् गर्दै नेतृत्व चयन प्रणाली परिमार्जन गर्नुपर्ने धारणा राखे ।

‘पार्टीको नीति बनाउन महासमिति सदस्य चयन गरौँ, तर नेतृत्व चयन भने सबै कार्यकर्ताले मतदान गर्ने प्रणाली बसाउनुपर्छ,’ उनले भने। वर्तमान बहुस्तरीय अधिवेशन प्रणाली व्यावहारिक नभएको भन्दै उनले यसमा सुधार आवश्यक रहेको बताए ।

थापाले राजनीतिक दललाई निजी सम्पत्ति नभई सार्वजनिक सम्पत्तिका रूपमा व्याख्या गर्दै कार्यकर्ता र जनताको भरोसाबाट मात्रै पार्टीले वैधता प्राप्त गर्ने बताए । यही मान्यताअनुसार वैधानिक व्यवस्थाभित्र रहेर विशेष महाधिवेशन गरिएको उनको भनाइ थियो ।

पार्टीभित्रको निर्वाचनमा जित्ने र हार्ने दुवै पक्षलाई संयमित हुन आग्रह गर्दै थापाले पराजित हुँदैमा कोही अयोग्य नहुने बताए । ‘जित्ने साथीहरू मात्र योग्य र हार्ने अयोग्य भन्ने हुँदैन। मैले भोट दिएका केही साथीहरू पनि पराजित हुनुभएको छ। जित्नेले हस्तिनापुर नै जितेको र हार्नेले सबै गुमाएको भन्ने होइन,’ उनले भने ।

केन्द्रीय समितिमा आउनुपर्ने केही योग्य साथीहरू बाहिर परेको उल्लेख गर्दै थापाले उनीहरूलाई पार्टीको मूल प्रवाहमा समेट्ने जिम्मेवारी आफूमा रहेको बताए । सभापति थापाले कांग्रेस सरकारमा रहने वा नरहनेभन्दा पनि पार्टीको वैचारिक धरातल बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता भएको बताए । कांग्रेस के हो र किन छ भन्ने कुरा प्रत्येक सदस्यले अनुभूति गर्न सक्नुपर्ने उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित (फोटो फिचर)
मधेश प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीद्वारा राजीनामा
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते
दसैँमा पनि खुला रहनेछन् आयल निगमका डिपो, इन्धन अभाव हुन नदिने
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
चट्टानसहितको पहिरोले किमाथांकासम्मको यातायात प्रभावित
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन विधेयक संसदमा लैजान स्वीकृति
स्वजन रघुवंशीले हासिल गरे नृत्यमा विद्यावारिधि
कांग्रेस सभापति थापाको शपथ शनिबार, अरुको दसैँपछि
दसैँमा गाउँ फर्किनेको लर्को
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×