कांग्रेस महाधिवेशनको मतगणना सकियो

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३०, शुक्रबार ११:३२

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सकिएको छ । मधेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै असोज २३ गते रातिदेखि सुरु भएको मतगणना सम्पन्न भएको हो ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडिततर्फका केन्द्रीय सदस्यको मतगणना राति नै सकिएको थियो । सहमहामन्त्रीसहित खुला र महिला केन्द्रीय सदस्य चयन हुने खसआर्य तथा थारूतर्फको मतगणना पनि राति अबेर सम्पन्न भएको उनले बताए ।

सबै पदको मतपरिणाम रुजु गर्ने काम भइरहेको र केही बेरमै नतिजा सार्वजनिक गर्ने तयारी रहेको कटुवालले जानकारी दिए । असोज २३ गते मतदानपछि सोही राति सभापतिको मतगणना सुरु गरिएको थियो । राष्ट्रिय सभागृहमा गरिएको सभापतिको मतगणनाको नतिजा असोज २४ गते बिहान सार्वजनिक भएको थियो । अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपी नगर, सानेपामा गरिएको थियो ।

कटुवालका अनुसार १४औँ महाधिवेशनमा ४ हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो । यसपटक ७ हजार ३९२ मतदाताको मतगणना एक सातामै सकिएको हो । उनका अनुसार मतगणना सुरु भएकै दिनदेखि दिनरात गरी करिब २५ समूह बनाएर गणना गरिएको थियो । मतदान र मतगणनाका क्रममा कुनै विवाद नभएको तथा निर्वाचन सौहार्दपूर्ण रूपमा सम्पन्न भएको उनले बताए ।

यसपटक करिब १ लाख ६२ हजार मतपत्र गणना गरिएको थियो। कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो । अघिल्लो महाधिवेशनको तुलनामा यसपटक दोब्बरभन्दा बढी छिटो मतगणना सम्पन्न भएको कटुवालको दाबी छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दसैँलगत्तै गर्ने तयारी छ । त्यसपछि बस्ने कार्यसमितिको पहिलो बैठकमा स्थानीय तह निर्वाचनको खाकाबारे पनि छलफल गर्ने तयारी रहेको नेताहरूले बताएका छन् ।

तपाइको प्रतिक्रिया
इटहरीपछि विराटनगरमा फोर स्टार म्याट्रेस स्टुडियो 
इटहरीपछि विराटनगरमा फोर स्टार म्याट्रेस स्टुडियो 
क्यानाडासँग नेपाल २४ रनले पराजित
कोशी र मधेश प्रदेशबीच खेलकुद विकासमा सहकार्य, मैत्रीपूर्ण प्रतियोगिता सञ्चालन गरिने
कोशी र मधेश प्रदेशबीच खेलकुद विकासमा सहकार्य, मैत्रीपूर्ण प्रतियोगिता सञ्चालन गरिने
चुकेको अवस्थामा सभापतिबाट हटाउनुस् : गगन थापा
चुलाचुली रंगमञ्चको ‘उता घाम यता छाया’ म्युजिक भिडियो सार्वजनिक
समाचार लेखेकै कारण पत्रकार पक्राउ गरिएको महासंघको ठहर, बिनासर्त रिहाइको माग
इटहरीमा जुवा खेल्ने पाँच जना पक्राउ, ३ लाख ७१ हजार रुपैयाँ बरामद
इटहरीमा जुवा खेल्ने पाँच जना पक्राउ, ३ लाख ७१ हजार रुपैयाँ बरामद
विराटनगरमा फूलपाती भित्र्याइयो, यस वर्ष बन्दुकबाट सलामी दिइएन
विराटनगरमा फूलपाती भित्र्याइयो, यस वर्ष बन्दुकबाट सलामी दिइएन
दसैँका लागि तातोपानी नाका तीन दिन खुल्ने
दुई मोटरसाइकल ठोक्किँदा प्रहरी जवानसहित दुई जना घाइते
ग्यास बुलेटको ठक्करले खोटाङका बालकको मृत्यु, आमाबुवा घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×