झापा, चितवन र रुपन्देहीका ५७ भूमिहीनले पाए लालपुर्जा

Share this
834shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कार्तिक १, शनिबार ०८:२६

काठमाडौं । चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन् ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार सम्बन्धित स्थानीय तहहरूमा उक्त पुर्जा वितरण गरिएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका–७ मा ३२ भूमिहीन सुकुम्बासी र एक भूमिहीन दलित परिवारले लालपुर्जा पाएका छन् । त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका-११ का सात अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।

यसैगरी, रुपन्देहीको गैडहवा गाउँपालिका–८ र ९ का १४ भूमिहीन दलित तथा दुई भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा प्रदान गरिएको छ । मन्त्रालयका अनुसार तीन जिल्लाका गरी कुल ५७ परिवारले जग्गाको स्वामित्व पाएका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×