
सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–१ बाट प्रहरीले भन्सार छली ल्याइएको करिब एक लाख १० हजार रुपैयाँ बराबरका कपडा बरामद गरेको छ ।
शुक्रबार राति ८:४५ बजे बर्जु–१ को भित्री सडक खण्डमा गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि नम्बर नखुलेको सिटी सफारीका चालक दुई बोरा कपडा छाडेर फरार भएका थिए ।
प्रहरी चौकी शुक्रबारेबाट खटिएको गस्ती टोलीले बरामद बोराहरू जाँच गर्दा विभिन्न किसिमका कपडा फेला पारेको थियो ।
बरामद कपडाको अनुमानित मूल्य एक लाख १० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
बरामद सामान आवश्यक कारबाहीका लागि प्रहरी चौकी शुक्रबारेमा राखिएको छ ।

























