ग्यास बुलेटको ठक्करले खोटाङका बालकको मृत्यु, आमाबुवा घाइते

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कार्तिक १, शनिबार १२:२०
दुई मोटरसाइकल ठोक्किँदा प्रहरी जवानसहित दुई जना घाइते

काभ्रे । काभ्रेको बनेपामा ग्यास बुलेटको ठक्करबाट खोटाङका नौ वर्षीय बालकको मृत्यु भएको छ । दुर्घटनामा बालकका आमाबुवा घाइते भएका छन् ।

शनिबार बिहान बनेपा नगरपालिका–१३ भैंटेपाटीमा भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका चन्द्र बुढाथोकी, उनकी श्रीमती रेनुका राई र छोरा जुवास बुढाथोकी सवार थिए ।

गम्भीर घाइते भएका जुवासलाई उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनामा २९ वर्षीय चन्द्र र २७ वर्षीया रेनुका घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट बिहान साढे ५ बजे हिँडेको बा.प्र. ०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको एचआर ३८ एएल १६३४ नम्बरको ग्यास बुलेटले ठक्कर दिएको थियो । प्रहरीले बुलेटका चालक भारतीय नागरिक शिवजी रामलाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×