दसैँ मनाउन उपत्यकाबाट झन्डै ५ लाख यात्रु बाहिरिए

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १, आइतबार

काठमाडौं । दसैँ मनाउन वा अन्य कामले काठमाडौं उपत्यका छाड्ने यात्रुहरुको संख्या ४ लाख ९६ हजार पुगेको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार हालसम्म ७८ हजार सार्वजनिक सवारीसाधनले उपत्यका छाडेको र ४ लाख ९६ हजार यात्रु बाहिरिएका छन् । यो तथ्यांक घटस्थापनादेखि यताको हो ।

दशैंको महाअष्टमीको दिन घर फर्कने यात्रुहरुको चाप निकै देखिएको पनि उनले जानकारी दिए । निजी सवारी साधनबाट बाहिरिने यात्रुको तथ्यांक आइनसकेको उनले बताए ।

महाअष्टमीका दिन बिहान उपत्यकाबाट बाहिरिने गाडीको चाप बढी देखिए पनि दिउँसो भने क्रमशः कम हुँदै गएको उनले बताए । उपत्यका छाड्को संख्या बढ्सँगै उपत्यकाका सडकमा सवारी साधनको चाप घटेको छ । तीव्र गतिमा सवारी चलाउने, लापसे–मापसे गर्नेहरुलाई कडाइ गरिएको पनि प्रवक्ता सुवेदीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×