भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने मिति सर्‍यो

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १, आइतबार

काठमाडौं । दसैँको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रमको मिति परिवर्तन गरिएको छ।

स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गरिने भएको छ।

सरकारले सामान्यतया हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ। तर, यस वर्ष कात्तिक २ र ३ गते दसैँको सार्वजनिक बिदा परेकाले कार्यक्रम पछाडि सारिएको विभागले जनाएको छ।

कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ भने १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि दिइनेछ।

विभागले निर्धारित मितिमा आफ्ना बालबालिकालाई नजिकैको भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण केन्द्रमा लगेर औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ।

बालबालिकामा भिटामिन ‘ए’ को कमीबाट हुने स्वास्थ्य समस्या न्यूनीकरण गर्न तथा जुकाको संक्रमणबाट जोगाउन सरकारले हरेक वर्ष नियमित रूपमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×