सामुदायिक वनमा पेस्तोल र गोली बरामद

Share this
812shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १, आइतबार
सामुदायिक वनमा पेस्तोल र गोली बरामद

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनमा लुकाएर राखिएको अवस्थामा प्रहरीले कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको छ।

शनिबार साँझ करिब ५ बजे वनभित्र पिठारीको रुखको फेदमा झ्यासले छोपेर राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र गोली फेला परेको प्रहरीले जनाएको छ।

सामुदायिक वनभित्र हातहतियार लुकाएर राखिएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र भरौल प्रहरी चौकीको संयुक्त टोली खटिएको थियो । सोही टोलीले खोजतलासका क्रममा पेस्तोल र गोली बरामद गरेको हो ।

प्रहरीका अनुसार बरामद भएको गोली कटुवा पेस्तोलमा प्रयोग हुने किसिमको भए पनि थ्रिनटथ्री राइफलमा समेत प्रयोग गर्न मिल्ने खालको छ । हातहतियार कसले र कुन उद्देश्यले वनभित्र लुकाएर राखेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×